PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विरोधपछि फिल्म 'सत्यनारायणकी कथा'को नाम परिवर्तन हुने घोषणा



पहिलोपोस्ट

विरोधपछि फिल्म 'सत्यनारायणकी कथा'को नाम परिवर्तन हुने घोषणा

साजिद नाडियाडवालाले बनाउन लागेको फिल्म 'सत्यनारायणकी कथा'को नाम परिवर्तन हुने भएको छ। फिल्मको शीर्षकलाई लिएर विवाद उत्पन्न भएपछि फिल्म युनिट नयाँ नाम राख्ने घोषणा गरेका हुन्।

शनिबार भोपालको प्रहरी चौकीमा फिल्मको नाममाथि उजुरी गरेपछि फिल्म निर्देशक समिर विद्यवानले ट्विटरमार्फत् फिल्मको टाइटल परिवर्तन गर्ने जानकारी दिएका हुन्। तर, नयाँ नाम के राख्ने भन्नेबारे खुलासा गरिएको छैन।

साथै उनले अरुको भावनामाथि ठेस पुर्‍याएको आरोपबाट बच्न फिल्मको शीर्षकनै परिवर्तन गर्न लागेको समेत उल्लेख गरेका छन्।

नाडियाडवालाले यस फिल्मलाई मध्यप्रदेशको अलग अलग स्थानमा छायाँकन गर्ने घोषणा गरेका थिए। संस्कृति बचाउ मञ्चका अध्यक्ष चन्द्रशेखर तिवारीले भने मध्यप्रदेशमा यस फिल्मलाई सुटिङ गर्न नदिने बताए। साथै आएर सुटिङ गरेको खण्डमा मुखमा कालोमुसो लगाएर गधामा राखेर जुलुस निकाल्ने समेत धम्की दिएको दैनिक भास्करमा उल्लेख गरिएको छ।

बितेका केही वर्षदेखि निरन्तर हिन्दुहरूको भावनाविरूद्ध बलिउडमा फिल्म निर्माण भइरहेको तिवारीले आरोप लगाएका छन्। साथै फिल्म मार्फत देवताको अपमान गर्ने प्रयास भइरहेको उनको भनाई छ।

म्यूजिकल लभ स्टोरीमा बन्ने यस फिल्मको मुख्य भुमिकाको लागि कार्तिक आर्यन र श्रद्धा कपुर अनुबन्धित भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell