PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'अल्लारे माया'विरुद्ध संगीत चोरीको आरोप, कुन गीतसँग मिल्यो भाका?



पहिलोपोस्ट

'अल्लारे माया'विरुद्ध संगीत चोरीको आरोप, कुन गीतसँग मिल्यो भाका?

काठमाडौं : स्मृती गौतमको गीत 'अल्लारे माया' गीत यसै महिना सार्वजनिक भयो। किरण गौतमको शब्द र संगीत रहेको गीतमा स्मृतीलाई स्वरमा साथ दिएका छन् प्रताप दासले। उक्त गीत सार्वजनिक भएको केही दिनमै विवादमा तानियो। गीतमाथि चोरीको आरोप लागेको हो।

गीतकार एवं गायक सुरेन्द्र गिरीले चोरीको आरोप लगाएका हुन्।

२०७७ सालको फागुन २२ गते सार्वजनिक भएको थियो गीत 'मेरो माया फूलजस्तै फूलिदेउ।' गीतमा गिरीकै शब्द र स्वर र विक्रम गिरीको संगीत छ। सोही गीतको भाका 'अल्लारे माया'मा प्रयोग गरिएको दावी छ।

गीतको भाका आफ्नो गीतको भाकासँग मिलेको भन्दै गीतकार तथा गायक सुरेन्द्र गिरीले चोरिको आरोप लगाएका छन्। उनले यसबारे अल्लारे मायाका गीत एवं संगीतकारलाई यसबारे जानकारी गराएको जनाएका छन्। तर, उनले गीतको भाका २० प्रतिशत मात्र मिलेपनि युट्युबबाट हटाउने बताए।

सुरेन्द्रले भनेका छन्,'यदी कपि राइट या कुनै मिडियामा जानुभयो भने मेरै गीत चल्ने हो भन्नुभयो। समझ्दारीको कुरा गर्नु भएन उल्टै मलाई चुनौती दिनुभयो।'

गौतमले फेसबुकमा लेखेका छन्,'कोको मिलेर जाने हो कपिराइटमा गइहाले हुन्छ। फोकटलाल तनाव दिइरहने होइन। अलिकति चल्न नि हुन्न नि गीत? भुतुक्कै भइहाल्छौ?' उनले अन्य व्यङ्ग्यात्मक र आफ्नो गल्ती नभएको आशयको स्टाटस पोस्ट गरेका छन्। भनेका छन्,'जसलाई चोर भनिन्छ उही काँठ क्षेत्रको शिखरमा पुगेको इतिहास छ।'

गायिका गौतमले पनि उस्तै प्रतिक्रिया जनाएकी छिन्। गीतको विवादका कारण आफ्नै गीत चर्चामा आउने उनको तर्क छ। भनेकी छिन्,'फेसबुकमा रोइलो देखेर युट्युब हेर्न गएको। करोडौं भ्यूज कटेछ कि भनेर तर जस्ताको त्यस्तै रहेछ।'

सुरेन्द्रले भने आफूलाई कसैसँग दुश्मनी साध्नु नभएको बताउँदै लेखेका छन्,'आफ्नो कमजोरी स्वीकार्न नसक्ने तपाईं वरिस्ठलाई नमस्कार मुर्खको औषधि मुर्ख नै हुन्छ। तपाईं मलाई हेप्नुस् सहन्छु र म तपाईँलाई सम्मान गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell