PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रतिनिधिसभा विघटन विरुद्ध सभामुख पक्षका अधिवक्ताको दाबी : राष्ट्रपतिबाट संविधान र कानुनको उल्लंघन भयो  



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन विरुद्ध सभामुख पक्षका अधिवक्ताको दाबी : राष्ट्रपतिबाट संविधान र कानुनको उल्लंघन भयो  

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिट माथि संवैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताहरुको बहस सकिएको छ।

सभामुखको तर्फबाट बहस गर्ने अधिवक्ताहरुले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको दाबी गरेका छन्। वरिष्ठ अधिवक्ता श्याम खरेलले संविधानको धारा ६१ को उपधारा २ ले राष्ट्रपतिलाई संविधान र संघीय कानुन बमोजिम गर्न भनेको भन्दै राष्ट्रपतिले संविधान उल्लंघन गरेको बताए।

'संविधान र कर्तव्य पालन गर्नुपर्ने भएकाले राष्ट्रपतिको अधिकार कसरी भयो? संविधानले तोकेको अधिकार र कर्तव्य पालना भएन्। संविधान पालना गर्न राष्ट्रपति चुक्नुभयो,' बहसका क्रममा अधिवक्ता खरेलले भने।

संविधानको धारा ७६ को उपधारा ५ मा २ को व्याख्या गर्दै उनले ३ बमोजिम नियुक्त भएका प्रधानमन्त्रीले ४ वमोजिम विश्वासको मत लिनुपर्नेमा छलेको दाबी गर्दै भने, 'उपधारा ५ वमोजिम जान ३ वमोजिम नियुक्त भएको प्रधनमन्त्रीले ४ वमोजिम विस्वासको मत लिनै पर्थ्यो।'

उनले राष्ट्रपतिले महन्थ ठाकुर र राजेन्द्र महतोको पत्रलाई अस्वीकृत गर्नुपर्थ्यो भन्दै बहस अगाडि बढाए।

'राष्ट्रपतिलाई यसरी निर्णय गर्ने अधिकार छैन,' उनले भने। वरिष्ठ अधिवक्ता खरेलले प्रतिनिधिसभा विघटन पूर्व सभामुखसँग पनि सल्लाह नगरिएको बताए।

उनले माधव नेपाल समूहले गरेको समर्थनले दल त्याग गरेको नहुनेसमेत बताए। सभामुखकहाँ संसदसचिवालयमा नआई राष्ट्रपतिले आफै निर्णय गर्ने कामबाट संविधानको पालना नभएको उनको जिकिर थियो। 'संविधानले निर्णयको अख्तियारी संसद सचिवालय र सभामुखलाई दिएको छ। भविष्यमा पार्टीबाट निकाल्ने कुरालाई राष्ट्रपतिले हेर्न मिल्दैन,' उनले भने।  

उनले संविधानको धारा ७६ को उपधारा तीन वमोजिम बनेको प्रधानमन्त्रीले ४ मा जानै पर्ने र मार्ग प्रसस्त गर्ने भनेपछि सहभागि हुन नमिल्ने दाबी गर्दै भने, 'यहाँनेर राष्ट्रपतिमा विचलन आयो। संघीय कानुनको अख्तियारी पालना भएन्।'

उपधारा २ बमोजिम भनेको दल भन्ने भए पनि भने उपधारा २ मा प्रयोग भएको शब्दाबली संविधान बनाउँदा ५ मा नराखिएको बताउँदै अगाडि भने, 'किन राखिएन भने दलबाटै आउनुपर्छ भन्ने होइन। कुनैपनि प्रतिनिधिसभा सदस्य आधार लिएर आउने भन्ने हो। यो संसारमा कँही छैन। एउटा स्वतन्त्र सदस्यले पनि दाबी गर्न सक्छ। मत प्राप्त गर्ने सवालमा पनि ह्विप हुँदैन। समर्थन गर्ने कुरामा त ह्विपको प्रश्नै छैन। अर्काले टेस्ट गर्ने कुरा आफूमा छ भन्ने इम्युनिटी राष्ट्रपतिमा छैन।'

उनले एउटै व्यक्ति धारा ७६ उपधाराहरुमा पटक पटक आएको विषयमा पनि प्रश्न उठाए। 'लिखित जवाफमा आफ्नै पार्टीका साथ दिएन भनेर आउँदा उहाँ नेतृत्व गर्ने कुरामा असफल भइसकेको फेरि सफल हुन्छ कि हुँदैन। हिजो २ मा सक्नुभएन। ३ मा पाउँदिन भन्नुभयो। उहाँ असफल भएको मान्छेलाई फेरि सफल बनाउन मिल्दैन। आफ्नै पार्टीका मान्छे मिलाउन सक्नुभएको छैन,' खरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell