PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

८ हजारको कोरोना परीक्षण गर्दा एक हजार ६०३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्र थप ३४२ जनामा संक्रमण



पहिलोपोस्ट

८ हजारको कोरोना परीक्षण गर्दा एक हजार ६०३ जनामा संक्रमण पुष्टि, काठमाडौंमा मात्र थप ३४२ जनामा संक्रमण

काठमाडौः पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण परसाद पौडेलले थप एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

४ हजार ८ सय ७६ जनाको आरटी पिसिआर र ३ हजार २ सय ५६ जनाको एन्टीजेन विधिबाट गरेर जम्मा ८ हजार १ सय ३३ जनाको परीक्षण गरिएको थियो। त्यस्तै २ हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

काठमाडौं उपत्यकाभित्र मात्र ४ सय ६१ जनामा संक्रमण पुष्टी भएको छ। काठमाडौंमा ३ सय ४२ जना, ललितपुर, ८८ जना र भक्तपुरमा ३१ जना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा संक्रमण भएका २७ जनाको मृत्यु भएको छ।

देशभर अहिलेसम्म ३५ लाख ७२ हजार ७ सय ९० जना कोरोना परीक्षण गरिएको छ। जसमा ६ लाख ८२  हजार ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell