PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो : सबै सवारी साधन गुड्न पाउने, हट्यो जोरबिजोर प्रणाली



पहिलोपोस्ट

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो : सबै सवारी साधन गुड्न पाउने, हट्यो जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १० दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

त्यस्तै सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

'सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटेको छ। सबै सवारी साधन गुड्न पाउने छन्,' प्रजिअ पराजुलीले भने। सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड भने कडाइको साथ पालना गर्नुपर्नेछ। मास्क अनिवार्य गर्नुपर्ने बताइएको छ। साथै सिट क्षमताभन्दा बढी यात्रु बोक्न पाउने छैनन्। कम सिट क्षमता भएका सार्वजनिक सवारी साधन पनि चल्न पाउने भएका छन्। तर त्यस्ता सवारीमा यात्रु बोक्ने सिट सङख्या भने निर्धारण गरिएको छ।

सफा टेम्पो तथा माइक्रो पनि संचालन गर्न पाउनेछन्। पछाडी तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा बढी राख्न पाइने छैन्। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुटपाउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ। 

काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ। अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरु प्रवेश गर्न पाउनेछन्।

देशभर कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। उपत्यकामा पछिल्लो समय थप भएको निषेधाज्ञा भोलि (सोमवार) राति १२ बजेबाट सकिँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell