PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एघार वर्षपछि निर्दोष साबित भएका बशीरको प्रश्न : मेरो समय कसले फर्काइदिन्छ?



पहिलोपोस्ट

एघार वर्षपछि निर्दोष साबित भएका बशीरको प्रश्न : मेरो समय कसले फर्काइदिन्छ?
Riyaz Masroor

सुरुवातमा उनलाई एउटा निकै साँघुरो कोठामा एक्लै राखियो। त्यहाँ उनको शरीर त थियो तर मन पटकपटक घरमै पुग्थ्यो। त्यहीँ रहँदा एकरात उनले सपनामा केही मानिसले आफ्नो बुवालाई नुहाइदिएको दृश्य देखे। भारी मन लिएर बिउँझिए। ठीक दुई महिनापछि उनका वकिलले खबर ल्याए, उनको बुवाको मृत्युको। मितिबारे बुझ्दा थाहा भयो, सपना देखेको भोलिपल्ट रहेछ उनको बुवाले प्राण त्यागेको।

श्रीनगरको रैनावारीमा बस्ने बशीर अहमद बाबालाई सन् २०१० मा पश्चिमी राज्य गुजरातको आतंकवादी विरोधी समूहले राजधानी अहमदाबादबाट पक्राउ गरेका थिए। त्यतिबेला उनी गुजरातस्थित एक स्वयंसेवी संस्था 'माया फाउन्डेशन'को एक तालिममा भाग लिन पुगेका थिए।

४३ वर्षीय बशीर बाबाले विज्ञान विषयको डिग्री गरेपछि श्रीनगरमै एक कम्प्युटर इन्सटिच्युट चलाउथे। साथै जन्मजात ओठ एवं तालू काटिएका बच्चाहरूको आमाबुवालाई सहयोग गर्थे, गैर-सरकारी संस्थामार्फत्।

'मैले थुप्रै गाउँहरूमा एनजीओका विशेषज्ञ डाक्टरहरूसँग मिलेर काम गरें। थप प्रशिक्षणका लागि गुजरात बोलाइएको थियो। त्यहाँ म आवासमा थिएँ। ठीक त्यहीबेला आतंककारी विरोधी समूह आयो। म र केही कार्यकर्तालाई पक्राउ पर्‍यो। सँगै गिरफ्तार भएका अन्य छुटे तर मलाई गुजरातको बडौदा जेलमा कैद गरियो,' बाबाले बीबीसी हिन्दीसँग सुनाए।

बशीरमाथि विस्फोटक पदार्थ राखेको र भारतमा आतंकवादी गतिविधिको योजना बनाएको आरोप लगाइएको थियो। तर, गत साता गुजरातकै एक अदालतले उनलाई सबै आरोपबाट सफाइको फैसला सुनायो।

बशीर लामो समयपछि घर फर्किए तर, उनको घरमा धेरै कुरा बद्लिएको रहेछ। उनीहरूसँथ थोरै जग्गा थियो। त्यहीँ थियो उनको कम्प्युटर इन्स्टिच्युट, त्यो नै बिक्री भएछ। घरको आर्थिकस्थिति निकै खराब भएछ। उनले नै सम्हाल्थे घर तर उनी नै जेलमा थिए। उनका आमा-बुवा र भाइ उनलाई भेट्न गुजरात पुग्नु पर्थ्यो, यात्रा र वकिलको शूल्कमा निकै खर्च हुन्थ्यो।

बहिनीहरूको विवाह र उनीहरूको सन्तान जन्मनुको खुशी पनि वर्षौपछि चिट्ठीमार्फत् पाएका थिए, बुवाको मृत्युको खबरजस्तै। अवस्थाजस्तो भएपनि आफूले नगरेको गल्तीमा अदालतले सफाइ दिने विश्वास भने सधैं रह्यो उनमा।

'म सन्तुष्ट छु कि मेरो कसूरबिनाको सजायबाट सफाइ पाएँ। तर, मेरो जीवनको ११ वर्ष? कसले फिर्ता गर्छ?,' उनी प्रश्न गर्छन्।

आफ्नो तर्फबाट भने सिर्जनात्मक बनाउन कोसिस गरे जेल जीवन। समय बिताउन उनले चित्रकला सिके। साथै सिकाइको भोक मेट्न इन्दिरा गान्धी ओपन युनिभर्सिटीमा भर्ना भए। राजनीति, पब्लिक एड्मिनिस्ट्रेसन, इन्टेलेक्चुअल प्रपर्टी र अन्य तीन विषयमा डिग्री गरे।

'सिलेबस अनुसार किताब आउथ्यो। म पढ्न थाल्थें। मलाई यही खुशी छ कि त्यहाँ मैले पढ्न सकें। तर मेरो समय चाहिँ कसले फर्काइदिन्छ?'

तत्कालिन भारतीय गृह सचिव जीके पिल्लइले उनको गिरफ्तारीलाई 'आतंकवादीको योजना विफल पार्नुमा ठूलो उपलब्धि' बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell