PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको मसाल जुलुस, जलायो प्रधानमन्त्री ओलीको पुतला

त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको मसाल जुलुस, जलायो प्रधानमन्त्री ओलीको पुतला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसअगाडि सरकारविरुद्ध मसाल जुलुस निकालेको छ। नेविसंघले मसाल जुलुस निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएको छ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप नेविसंघले लगाएको छ। नेविसंघलगायत विपक्षी पाँच दल निकट विद्यार्थी संगठनहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ। क्याम्पस बाहिर प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले मसाल जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell