PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

माधव नेपाल मनाउने ओलीको कसरत : भीम रावलसँग बालुवाटारमा संवाद



पहिलोपोस्ट

माधव नेपाल मनाउने ओलीको कसरत : भीम रावलसँग बालुवाटारमा संवाद

काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीकै आग्रहमा रावलले ओलीलाई बालुवाटारमा भेटेका हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालको प्रतिनिधिको रुपमा ओलीसँग संवादका लागि बालुवाटारमा ओली-रावल भेट भएको ओली निकट एक नेताले बताए।

अहिले दुई नेताबीच कुराकानी भइरहेको ओली निकट नेताले बताए। 'उहाँहरुबीच एक्ला-एक्लै कुरा भइरहेको छ। हामीले एकताका लागि जुन पहल थालेका थियौँ। त्यसैको वरिपरि कुरा हुने हो,' ती नेताले भने।

दोस्रो तहका नेताहरुले ओली र नेपालबीच संवाद गराउने पहल गरे पनि नेपाल सकारात्मक नभएपछि ओली आफैँले रावललाई संवादका लागि बोलाएका हुन्। आइतबार बिहान नेपालकै निवासमा गएर आफूहरुले ओली-नेपालको भेटका लागि प्रयास गरे पनि सफल नभएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए।

नेपालले कार्यदलमार्फत औपचारिक वार्ता अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। सर्वोच्च अदालतमा नेपाल समूहका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनलाई वदरको माग राखी रिट निवेदन दर्ता गरेका थिए। ओली समूहले उक्त हस्ताक्षर भने फिर्ता लिनुपर्ने शर्त राखेको छ। जसलाई नेपाल समूहले अस्वीकार गरेको थियो।

ओली नेपालबीच सहमति गराउनका लागि दुबै समूहका नेताहरु सम्मिलित कार्यदल बने पनि हाल भने निष्क्रिय अवस्थामा छ। नेपाल समूहबाट कार्यदलको नेतृत्व रावलले गरेका थिए। नेपाल, रावलसहितका नेतालाई ओलीले कारबाही गरेपछि कार्यदल निष्क्रिय बनेको थियो। हाल भने कारबाही फुकुवा भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell