PahiloPost

Jun 15, 2026 | १ असार २०८३

निर्वाचन आयोगले तयार पार्‍यो मध्यावधि निर्वाचनको कार्यतालिका



पहिलोपोस्ट

निर्वाचन आयोगले तयार पार्‍यो मध्यावधि निर्वाचनको कार्यतालिका

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तालिका तयार पारेको छ। आगामी कार्तिक २६ गते र मंसीर ३ गते केपी शर्मा ओली सरकारले घोषणा गरेको निर्वाचन मिति अनुसार आयोगले तालिका सार्वजनिक गर्ने भएको हो।

'हामीले विभिन्न मितिमा गर्ने कामहरुको तालिका तयार पारिसकेका छौं। केही समयमा नै प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं,' आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।

आयोगले बनाएको कार्य तालिका असार ३१ गतेदेखि मंसीर ३ गतेसम्मको रहेको छ। जेठ ७ गते मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधसभा विघटनको सिफारिससँगै मध्यावधि निर्वाचनको घोषणा समेत गरेको हो।

तर नेपाली काँग्रेस लागता अन्य दलहरु भने प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचनको बिरुद्धमा छन्। प्रतिनिधिसभा विघटन बिरुद्ध परेको मुद्दामा अहिले सर्वोच्चव अदालतमा बहस भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell