PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

कोपा अमेरिका सेमिफाइनल: ब्राजिललाई पेरुको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिका सेमिफाइनल: ब्राजिललाई पेरुको चुनौती
Photo: Copa America

कोपा अमेरिकामा क्वाटरफाइनलका खेल सकिएर सेमिफाइनको खेल सुरु हुन बाँकी छ। र, सेमिफाइनलमा पुगेका ब्राजिल, पेरु, अर्जेन्टिना र कोलम्बिया मध्येबाट फाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ।

सेमिफाइनलको पहिलो खेलमा भोलि बिहान ब्राजिल र पेरु आमनेसामने हुँदैछन्। जारी प्रतियोगितामै यी टोली दोस्रो पटक आमनेसामने हुँदैछन्। खेल भोली बिहान पौने पाँच बजे ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ।

समूह 'बी' बाट १० अंक जोडेको ब्राजिल शीर्षस्थानमा रहँदै र ७ अंक जोडेको पेरु दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलको यात्रा तय गरेका थिए। क्वाटरफाइनलमा ब्राजिलले चिलीमाथि १-० को जित निकालेको थियो भने पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

समूह चरणको खेलमा भने ब्राजिलले पेरुलाई ४-० को अन्तरले हराएको थियो।

दोस्रो सेमिफाइनलमा बुधवार बिहान अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell