PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

'दिलिप साहब'को आइसीयूको सहायता बिना नै उपचार हुँदै



पहिलोपोस्ट

'दिलिप साहब'को आइसीयूको सहायता बिना नै उपचार हुँदै

बलिउड अभिनेता दिलिपकुमारलाई सोमबार आइसीयूबाट बाहिर निकालिएको छ। स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई सघन कक्षको सहायताबिना नै उपचार भइरहेको हो। उक्त जानकारी उनकी श्रीमती सायरा बानुले मिडियासँग बताएकी छिन्।

९८ वर्षिय दिलिप कुमारलाई स्वाप्रस्वासमा समस्या आएपछि मंगलवार मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो।

जुन महिनामा उनी दुईपटक अस्पताल भर्ना भएका थिए। पहिलोपटक ६ जुनमा उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनको फोक्सोमा पानी जमेको जनाइएको थियो। डाक्टरहरुले प्‍ल्‍यूरल एस्‍प‍िरेशनको सहायताले उनको फोक्सोको पानी बाहिर निकालेका थिए। डिस्चार्ज भएको पाँच दिनपछि गत मंगलवार उनी फेरि अस्पताल भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell