PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

यूरोकप र कोपा अमेरिकामा अनलाइन सट्टे बाजी गर्ने ८ जना समातिए



पहिलोपोस्ट

यूरोकप र कोपा अमेरिकामा अनलाइन सट्टे बाजी गर्ने ८ जना समातिए

काठमाडौं : हाल भइरहेको फुटबल खेल यूरोकप र कोपा अमेरिकामा अनलाइनमा बाजी राखेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गोप्य सूचनाको आधारमा इन्द्रचोक, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतमा  'अनलाइन बेटिङ' भएको जानकारी पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले अनलाइनबाट बेटिङ भएको रकम भने आइएमईबाट पठाउने गरेको खुलेको छ। उनीहरूको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ, ४७ वर्षीय जीवन लामा, ४६ वर्षीय सुरज टिवडेवाल, ४६ वर्षीय अशोक कुमार गुप्ता, ४५ वर्षीय गोविन्द प्रसाद आचार्य, ४९ वर्षीय राजेश कुमार अग्रवाल, ३३ वर्षीय सुचित डालमिया अग्रवाल र ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन्।

गोविन्द आचार्य भने मनि ट्रान्सफर सञ्चालक समेत हुन्। उनीहरूलाई मुलुकी अपराध संहिता २०४७ को दफा १२५ को उपदफा  ४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell