काठमाडौं: टोकियो ओलम्पिकमा सहभागी हुन पौडीका खेलाडी अलेक्जेन्डर शाह र प्रशिक्षक शंकर कार्की आज जापान प्रस्थान गरेका छन्। त्यस्तै इङ्ग्ल्याण्डमा रहेकी कीर्तिमानी खेलाडी गौरिका सिंह उतैबाट जापान जाने नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जनाए।
ओलम्पिकका लागि नेपाली खेलाडीले टोकुसिमामा प्रशिक्षण गर्ने छन्। आइतवार ओलम्पिक कमिटीका अध्यक्ष लगायतले उनीहरुको विदाइ गरेका थिए।
ओलम्पिकमा नेपालको तर्फबाट पौडीबाट गौरिका सिंह र अलेक्जेन्डर शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङ्गकी कल्पना परियारले नेपालकोतर्फबाट प्रतिस्पर्धा गर्नेछन्।
