PahiloPost

Jun 15, 2026 | १ असार २०८३

पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप



पहिलोपोस्ट

पूर्व मन्त्री साहविरुद्ध प्रहरीमा उजुरी, क्यानडा लैजाने भन्दै पैसा लिएको आरोप

काठमाडौं : पूर्व मन्त्री प्रभु साहविरुद्ध प्रहरीमा उजुरी परेको छ। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पूर्व मन्त्री साह विरुद्ध उजुरी परेको हो। आइतबार एक महिला साहको बुद्धनगरस्थित घरमा पुगेर हल्लाखल्ला गरेपछि घटना बाहिरिएको थियो।

ती महिलाले केही वर्षअघि आफूलाई विदेश लैजाने भन्दै साह ३० लाख रुपैयाँ लिएको तर विदेश नपठाएको आरोप लगाइन्। साहको घरबाहिर हल्लाखल्ला मच्चिएपछि प्रहरीले त्यहिँ पुगेर घटनाको जानकारी लिएको थियो।

विदेश पुर्‍याउन नसकेपछि  साहले १० लाख रुपैयाँ फिर्ता दिएको र बाँकी २० लाख रुपैयाँ नदिएको भन्दै महिलाले ठाडो उजुरी दिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी हरिबहादुर पालले पुष्टी गरेका छन्।

'ठाडो उजुरी परेको छ। यसलाई प्रहरीले हेरिरहेको छ,' एआइजी पालले भने।

तर साहले भने आफूले ती महिलालाई नचिन्ने भन्दै कुनै कारोबार नगरेको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell