PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नारायणकाजीको टिप्पणी : प्रतिगमन उत्कर्षमा पुगिसकेको छैन्, निरंकुशतन्त्रको सपना नदेखे हुन्छ



पहिलोपोस्ट

नारायणकाजीको टिप्पणी : प्रतिगमन उत्कर्षमा पुगिसकेको छैन्, निरंकुशतन्त्रको सपना नदेखे हुन्छ

काठमाडौं : राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमन उत्कर्षमा पुगि नसकेको टिप्पणी गरेका छन्। नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रतिगमन उत्कर्षमा नपुगेकै कारण राष्ट्रियसभा सञ्चालनको अवस्था रहेको बताए। उनले सोमवारको बैठकमा प्रतिगमन मार्फत निरंकुश शासनको सपना नदेख्न चेतावनी दिए। भने, 'प्रतिमन पनि आफ्नो योजना अनुसार संविधान र लोकतन्त्रलाई समाप्त गरेर प्रतिगामी निरंकुशतान्त्रिक राजनीतिक प्रणालीमा पुगिसकेको छैन्। म चेतावनी दिन चाहन्छु त्यो कहिल्यै पुग्ने पनि छैन्। त्यो कसैले सपना नदेखे पनि हुन्छ।'

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध आक्रोश व्यक्त गरेका श्रेष्ठले ओलीले वैदेशिक हस्तक्षेप बढाएको आरोप लगाए। ओली र भण्डारी मिलेर प्रतिगमनको कदम चालेको उनको भनाई थियो। अहिले मुलुक प्रतिगमन र अग्रगमनको द्वन्द्वमा फसेको श्रेष्ठको दाबी छ।

'प्रधानममन्त्रीले राष्ट्रपतिको सहयोगका साथ प्रतिगामी कदम चाल्दै देश प्रतिगमत र अग्रमनको द्वन्दबाट गुज्रिरहेको छ। एकपटक प्रतिगमनलाई असफल बनाए पनि रोक्न सकेनौँ। हामीले पुरा परास्त गर्न सकेका छैनौ,' उनले भने।

यस्तै, श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको भूमिका माथि पनि प्रश्न उठाएका छन्। उनले राष्ट्रिय सभामा निरंकुशताको छिटा देखिएको आरोप लगाए।

कुन पार्टी र कुन गुटको थिए भन्ने सोचाइबाट बाहिर निस्कन तिमल्सिनालाई श्रेष्ठले आग्रह गरे। सभाको अध्यक्ष भएर ओलीलाई व्यक्तिगत रुपमा साथ नदिन श्रेष्ठले आग्रह छ।

'कुन पार्टीको कुन गुटमा पहिला हुनुहुन्थ्यो त्यो सोच्ने बेला छैन्। यहाँ सम्माननीय राष्ट्रिय सभाको अभिभावकको भुमिकामा हुनुहुन्छ। केपी ओलीलाई व्यक्तिगत रुपमा सहयोग गर्ने भुमिकामा सोच्नु हुने छैन् भन्न चाहन्छु। कता कता निरकुंशताको छिटा यो सदनमा पनि आउन थालेको छ,' श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell