PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

बैंकिङ कसुरमा फरार रहेका कलाकार शिशिर जबरा पक्राउ, १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना



पहिलोपोस्ट

बैंकिङ कसुरमा फरार रहेका कलाकार शिशिर जबरा पक्राउ, १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना

काठमाडौं : कलाकार शिशिर शमशेर जबरा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शिशिरलाई बैकिङ कसुर गरेको अभियोगमा पक्राउ गरेको हो। जबरालाई आज काठमाडौंको बिजुली बजारबाट पक्राउ गरेको ब्युरोका एसपी श्याम कुमार महतोले जानकारी दिए।

कलाकार जबरा विरुद्ध बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७७ पुस २६ गते १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। फैसला भए पनि कलाकार जबरा फरार रहेकाले प्रहरीको खोजी सूचिमा थिए।

२०७६ सालमा शिशिरले घर व्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्नको लागि रकम लिएका थिए। तर रकम लिएको व्यक्तिलाई फिर्ता गर्दा चेक अनुसारको बैंक खातमा पर्याप्त रकम नभएपछि उनी विरुद्ध उजुरी परेको थियो। उनले त्यतिखेर ४५ लाख रुपैयाँको चेक काटेका थिए।

अदालत पाटनबाट बैंकिङ् कसुर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसुर मा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो।

उनले सय भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell