PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

थप २ हजार ६ सय २२ जना संक्रमित, २ हजार २ सय ११ जना कोरोना मुक्त



पहिलोपोस्ट

थप २ हजार ६ सय २२ जना संक्रमित, २ हजार २ सय ११ जना कोरोना मुक्त

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।

११ हजार ५ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६ सय २२ जनामा संक्रमण पुष्टी भएको हो। जसमा आरटी पिसिआर विधिबाट १ हजार ७ सय ४५ र एन्टिजेन विधिबाट ८ सय ७७ जनामा कोरोना देखिएको थियो।

त्यस्तै सोही अवधिमा २ हजार २ सय ११ जना संक्रमण मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। देशभर २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell