PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

‘राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिए संयुक्त विद्यार्थी संगठन

‘राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिए संयुक्त विद्यार्थी संगठन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज ‘संविधान प्रदर्शन’ गरेको छ। संयुक्त विद्यार्थी संगठनले आज माइतीघरमा संविधानको अतिक्रमण गरिएको भन्दै त्यसविरुद्ध ‘संविधान प्रदर्शन’ गरेको हो।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ)को सहभागिता गरेको थियो। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संयुक्त विद्यार्थी संगठनले लगाएका छन्।

सो क्रममा उनीहरुले ‘राष्ट्रपति प्रधानमन्त्री संविधान पढ’ भन्दै संविधानको किताव समेत प्रदर्शन गरेका थिए। त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ।



ट्रेन्डिङ पोस्ट

Ncell