PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, माथिल्लो तामाकोशी उदाहरण हो : उर्जा मन्त्री पौडेल



पहिलोपोस्ट

अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, माथिल्लो तामाकोशी उदाहरण हो : उर्जा मन्त्री पौडेल
फाइल फोटो

काठमाडौं : उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा अब कहिल्यै लोडसेडिङ नहुने बताएका छन्। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा पौडेलले आयोजना नेपालका लागि महत्वपूर्ण भएको बताए।

‘एकातिर हामी हाम्रो पूँजीलाई संगठित गर्न सक्छौँ र देश विकासमा योजना दिन सक्छौँ भन्ने सन्देश दिएको छ। यो महत्वपूर्ण पाठशाला बन्न सक्छ भन्ने लाग्छ,’ उनले भने।

नेपालको विकासका लागि तामाकोशीले गुणात्मक योगदान गर्ने उनको भनाई छ।

‘हामी जलविद्युत विकासमा गुणात्मक फड्को मार्दै अगाडि जान्छौँ,’ उनले भने।

उनले तामाकोशी एक उदाहरण भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारबाट भएको उद्घाटनमा बोल्दै पौडेलले तामाकोशी जस्ता आयोजना अब चाडै सम्पन्न हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell