PahiloPost

Jul 3, 2024 | २० असार २०८१

एमाले विवाद समाधानका लागि सिंहदरवारमा वार्ता, सहमतिका लागि औपचारिक प्रस्ताव अघि बढेको दाबी



पहिलोपोस्ट

एमाले विवाद समाधानका लागि सिंहदरवारमा वार्ता, सहमतिका लागि औपचारिक प्रस्ताव अघि बढेको दाबी

काठमाडौँ: नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठकले सहमतिका लागि विभिन्न विषयमा छलफल गरेको छ। सिंहदरवारमा बसेको बैठकमा अनौपचारिक रुपमा भएका वार्ताबारे रिपोर्टिङ भएको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए। विवाद समाधानका लागि छलफल जारी रहने विष्टले बताए।

'समाधानमा पुग्ने भनेर छलफल गरेका छौँ। अनौपचारिक हिसाबले २०/२५ बैठक बसेका थिए। ती बैठकका बारेमा रिपोर्टिङ भयो,' उनले भने।

बैठक भोलि फेरि बस्ने उनले बताए। वार्ता सकारात्मक भएको विष्‍टको दाबी छ। 

'सहमतिको वातावरण कसरी बनाउन सकिन्छ भन्नेबारेमा सकारात्मक रुपमा केन्द्रित रह्यौँ। कसरी समझदारी गर्ने भन्नेबारेमा संवाद गरेउँ,' उनले भने ।

सहमतिका लागि औपचारिक प्रस्ताव अघि बढेको नेताहरुको दाबी छ।

जेठ २ गते गठित कार्यदलको बैठक ७ गते बसेर कार्यदल नै निष्क्रिय थियो। एक महिनाभन्दा बढी समयपछि पुनः बैठक बसेको हो। एमालेको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु लागतार संवादमा थिए। उनीहरुले संवाद गरिरहेको भए पनि शुक्रबार र शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले विवाद थप बढाएको असन्तुष्ट पक्षको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell