PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा



पहिलोपोस्ट

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा पेरुलाई हराउँदै ब्राजिल फाइनलमा प्रवेश गरेको छ। ब्राजिलको रियो दि जेनेरियो स्थित ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा पेरुलाई १-० ले हराउँदै ब्राजिलले कोपा अमेरिकाको फाइनलमा स्थान सुरक्षित गरेको हो।

ब्राजिलको जितमा लुकास पक्वेटाले निर्णायक गोल गरे। उनले खेलको ३५ औं मिनेटमा नेइमारको पासमा गोल गरेका थिए।

समूह 'बी' बाट १० अंक जोडेको ब्राजिल शीर्षस्थानमा रहँदै र ७ अंक जोडेको पेरु दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलको यात्रा तय गरेका थिए। क्वाटरफाइनलमा ब्राजिलले चिलीमाथि १-० को जित निकालेको थियो भने पेरुले पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

यसअघिको भेटमा पनि समूह चरणमा  ब्राजिलले पेरुलाई ४-० को अन्तरले हराएको थियो।

दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell