PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

बागलुङमा कांग्रेस क्रियाशील सदस्यता विवाद : सदस्यता खारेज गर्न माग



रिना थापा

बागलुङमा कांग्रेस क्रियाशील सदस्यता विवाद : सदस्यता खारेज गर्न माग

पोखरा : नेपाली कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद उत्पन्न भएको छ। बागलुङ जिल्लाको क्षेत्र नं १(क) मा कांग्रेसको क्रियाशील सदस्यता नविकरण तथा वितरणमा विवाद भएको हो।

बागलुङ क्षेत्र नं १(क) उपसभापति नारायण शर्मा पौडेलले नियतवश आन्तरिक रुपमा सल्लाह नगरी सदस्यता वितरण गरेको आरोप लगाए। उनका अनुसार नेपाली कांग्रेसको विधान अनुरुप एक सय जना क्रियाशील सदस्यमा एक सय जना थप्न पाउने प्रावधान छ। तर नविकरण र सदस्यता संख्या तोकिएको भन्दा बढी भएका कारण उजुरी दर्ता गरेको पौडेलले बताए।

छलफल र सहकार्य नगरी केन्द्रबाट पुन: फर्म मगाएर नियतवश सदस्यको औचित्य पुष्टि नहुनेगरि सदस्यता वितरण गरिएको उनको आरोप छ।

'विधिवत रुपमा आएका कुरालाई पार्टी कार्यालयमा दर्ता गरिन्छ पछि थप मागे छन कुनै निर्णय पनि छैन, 'पौडेलले भने,'अर्को पार्टीबाट प्रवेश गरेका भनेर माग गर्नुभएछ। १ हजार बढी सदस्यता ३ वटा वडामा वितरण गर्नुभएछ।'

अहिले बागलुङ नगरपालिका वडा नं ११, काठेखोला गाउँपालिका वडा नं १ र ४ मा विवाद देखिएको छ।

बागलुङ नगरपालिका वडा नं ११ मा यसअघि १४२ क्रियाशील सदस्यमा थिए। १२८ नविकरण क्रियाशील सदस्य संख्या छन्। अहिले नयाँ क्रियाशील सदस्य संख्या ३३१ पुगेको छ।

यस्तै काठेखोला गाउँपालिका वडा नं १ यसअघि ६८ क्रियाशील सदस्य संख्या थिए। नविकरण ५४ सदस्यको भएको छ भने नयाँ क्रियाशील सदस्य संख्या २०१ पुगेको छ।

यता काठेखोला गाउँपालिका वडा नं ४ मा यसअघि रहेको १०७ क्रियाशील सदस्य संख्यामा एक सय सातै नविकरण गरेर गएको थियो। अहिले वडामा क्रियाशील सदस्य संख्या ४ सय ६१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell