PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भेरोसेलको दोस्रो डोज लगाउन अस्पतालमा भिड, ज्येष्ठ नागरिक पनि घण्टौं लाइनमा

भेरोसेलको दोस्रो डोज लगाउन अस्पतालमा भिड, ज्येष्ठ नागरिक पनि घण्टौं लाइनमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा आजबाट कोरोना भाइरसविरुद्ध भेरोसेलको दोस्रो डोज प्रदान गरिँदैछ। जेठ २५ गतेदखि भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ देखि असार २४ गतेसम्म दोस्रो डोज दिँइदैछ।

भेरोसेलको दोस्रो डोज लगाउन काठमाडौं जिल्लाभर ३२ वटा खोप केन्द्र तय गरिएको छ।

आज बिहानै देखि खोप लगाउन अस्पताल र स्वास्थ्य चौकीहरुमा मानिसहरुको घुइँचो लागेको छ। दोस्रो डोज लगाउनेमा धेरैजसो ज्येष्ठ नागरिकहरु छन्।

पहिला छुटेका र अग्रपंक्तिमा काम गरिरहेकाहरुलाई समेत दोस्रो डोज प्रदान गरिँदैछ।

खोप केन्द्रहरुमा स्वास्थ्य मापदण्ड पालना गरिने भनिएपनि केन्द्रहरुमा त्यस्तो देखिएन। अधिकांश खोप केन्द्रहरुमा भिड देखिन्छ। स्वास्थ्य प्रोटोकल, सामाजिक दुरी कायम भएको छैन।

ज्येष्ठ नागरिकहरु पनि खोप लिन घण्टौंसम्म लाइनमा उभिएका छन्। चर्को घाममा मानिसहरु छाता ओढेर लाइनमा बसिरहेका छन्। केन्द्रहरुमा भिड बढेसँगै अस्पतालमा खोप व्यवस्थापनमा पहिला देखिएको समस्या दोहोरिएको छ। यसअघि पनि खोप केन्द्रहरुमा भिड भएको, जेष्ठ नागरिक घण्टौं लाइनमा बस्नुपरेको भन्दै आलोचना हुँदै आएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell