PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ठमेलमा होटलै खोलेर जुवातास खेलाउने र वन्यजस्तु तस्करी धन्दामा चिनियाँ नागरिक, ४ जना पक्राउ



पहिलोपोस्ट

ठमेलमा होटलै खोलेर जुवातास खेलाउने र वन्यजस्तु तस्करी धन्दामा चिनियाँ नागरिक, ४ जना पक्राउ

काठमाडौं : काठमाडौंको ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका १७ स्थित ज्याठा गल्लीभित्र होटल नै सञ्चालन गरेर जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

मंगलवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी अशोक सिंहले ज्याठाबाट सोमवार राती साढे १० बजे ४ जना चाइनिज नागरिकलाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार पक्राउ परेका चिनियाँले आफ्नै होटल खोलेर इलेक्ट्रिक माध्यमको जुवा खेलाउँदै आएका थिए। ‘एक जना चिनियाँले होटल खोलेर चाइनिज प्रविधिको इलेक्ट्रिक जुवा खेलाउँदै आएका रहेछन्। माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल फेला परेको छ,’ एसएसपी सिंहले भने।

प्रहरीले उनीहरुबाट दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी बरामद गरेको छ।

उनीहरुले कहिले होटल सञ्चालन गरेको र कहिलेदेखि जुवा खेलाउन थालेको भन्नेबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell