PahiloPost

Jun 15, 2026 | १ असार २०८३

इङ्ग्ल्याण्ड क्रिकेट टिमका ३ खेलाडीसहित ७ जनालाई कोभिड सङ्क्रमण



पहिलोपोस्ट

इङ्ग्ल्याण्ड क्रिकेट टिमका ३ खेलाडीसहित ७ जनालाई कोभिड सङ्क्रमण
File Photo: AFP

इङ्ग्ल्याण्ड क्रिकेट टिमका ३ जना खेलाडी र ४ जना अफिसियल गरी ७ जनालाई कोभिड संक्रमण भएको छ। पाकिस्तानसँगको ओडीआई सिरिजको दुई दिनअघि इङ्ग्ल्याण्डको टिममा कोभिड संक्रमण पाइएको हो।

इङ्ग्ल्याण्डको क्रिकेट बोर्डले कोभिड संक्रमण भएका खेलाडीलाई आइसोलेनमा पठाएको जनाएको छ। त्यसबाहेक उनीहरुको क्लोज कन्ट्याक्टमा रहेका खेलाडीलाई पनि आइसोलेट गरिने बताइएको छ।

बोर्डले पाकिस्तानसँग पूर्वनिर्धारित सिरिज सञ्चालन हुने र सिरिजमा बेन स्टोकले कप्तानी सम्हाल्ने जनाएको छ। त्यस्तै सिरिजका लागि नयाँ टिमको घोषणा हुनेछ।

पाकिस्तान र इङ्ग्ल्याण्ड बिच जुलाइ ८, १० र १३ मा ओडीआई सिरिज र १६, १८ र २० मा टी २० सिरिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell