काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ६३४ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यो अवधिमा १२ हजार ५८४ नमुना परीक्षण गरिएको छ।
जसमध्ये ७ हजार ५०३ आरटी-पीसीआर परीक्षण गर्दा एक हजार ७१८ जनमा संक्रमण पुष्टि भएको छ भने ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणका क्रममा ९१६ जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ।
योसँगै नेपालमा ६ लाख ८७ हजार ९९५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ५६५ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगं संक्रमण मुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ जना पुगेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ।
