PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिका सेमिफाइनल: अर्जेन्टिनालाई कोलम्बियाको चुनौती
File Photo: Copa America

कोपा अमेरिकामा भोलि बिहान सेमिफाइनलको दोस्रो खेल हुँदैछ। स्टेडियो नासिओनल डे ब्रसिल्लामा फाइनल प्रवेशका लागि भोलि बिहान पौने सात बजे अर्जेन्टिना र कोलम्बिया आमनेसामने हुँदैछन्।

समूह 'ए' को विजेता अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडमाथि ३-० को सानदार जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो। अर्कोतर्फ समूह 'बी' को तेस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको कोलम्बियाले पेनाल्टी सुटआउटमा उरुग्वेलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

भोलिको खेलमा जित निकाल्ने टोली फाइनलमा आयोजक ब्राजिलको सामना गर्नेछन्। ब्राजिलले आज सम्पन्न खेलमा पेरुलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell