PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

नेपालकै उत्कृष्ट साझेदारी वनको पुरस्कार पर्साको सबैयालाई



राधेश्याम पटेल

नेपालकै उत्कृष्ट साझेदारी वनको पुरस्कार पर्साको सबैयालाई

वीरगंज : नेपालकै उत्कृष्ट साझेदारी वनको पुरस्कार पर्साको सबैया साझेदारी वन व्यवस्थापन समूहलाई दिने भएको छ। साझेदारीको चालू आवमा गरेको गतिविधिलाई मूल्याकंन गर्दै वन विभागले ५४ हजार रुपैयाँ राशीको यो पुरस्कार यस वर्ष सबैयालाई दिने घोषणा गरेको हो।

डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँका अनुसार यो पुरस्कार अगामी साउनमा काठमाडौंमा वन विभागले एक समारोह आयोजना गर्दै प्रदान गर्नेछ। वीरगंज महानगरको २९ वडा र पर्सागढी नपाको २ वटा वडाको सेवा क्षेत्र रहेको यो साझेदारी २०६१ सालमा गठन भएको थियो। नेपालभर ३३ साझेदारी वन रहेको छ।

३ हजार एक सय ८८ हेक्टरमा फैलिएयो साझेदारीको सबैया वन क्षेत्रमा अतिक्रमित ४७ हेक्टर क्षेत्रफलको जग्गा खाली गराई वृक्षारोपण गरिएको छ। साझेदारीले २४ वटा वडामा खानेपानी सुविधाको लागि चापाकल जडान गरी सामुदायिक विकासमा योगदान पुर्‍याएको छ। साझेदारीले आफ्नै भवन र गाडी पार्क गर्ने सेडसमेत निर्माण गरेको छ। त्यसैगरी, साझेदारीबाट पर्सामा एम्बुलेन्स पनि सञ्चालन गरेको छ। वनजंगल संरक्षण तथा काठ तथा वन्यजन्तु चोरी सिकारीमा पनि समेत १३ जना हेरालु राखेर काम गरेकोले उत्कृष्ट पुरस्कार पाएको साझेदारीका अध्यक्ष लखनलाल साहले बताए। उनले पुरस्कार पाएपछि थप उर्जा मिलेको र अगामी दिनमा पनि साझेदारीको विकास तथा वनजंगलको संरक्षण्मा आफनो समितिको भूमिका थप जिम्मेवारी तवरले निर्वाह गर्ने जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell