PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार



पहिलोपोस्ट

रहेनन् ‘ट्राजिडी किङ’ दिलिप कुमार

हिन्दी फिल्मका अभिनेता दिलिप कुमारको निधन भएको छ। ९८ वर्षीय उनलाई स्वास प्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। फोक्सोमा पानी जमेको उपचारपछि पुष्टि भएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

मुम्बईको हिन्दुजा अस्पतालमा बुधवार बिहान साढे सात बजे उनको मृत्यु घोषणा भयो। उक्त जानकारी उनकै उपचारमा खटिएका डाक्टर जलिल पार्करले समाचार एजेन्सी पीटीआइलाई दिएका छन्

‘ट्रेजेडी किङ’का रुपमा चिनिने उनलाई धेरैले दिलिप साहब भनेर बोलाउँछन्।

पाकिस्तान, पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका हुन् उनी, मोहम्मद युसुफ खानको रुपमा। सन् १९३० मा परिवारसँग तत्कालीन बम्बई बसाइ सरेका उनी त्यसपछि जन्मस्थान फर्किएनन्। पछि त उनको जन्मथलो र कर्मथलो नै फरक देश बन्यो।

सन् १९४४ मा रिलिज भएको फिल्म ‘ज्वारभाटा’मार्फत् उनी अभिनयमा डेब्यू गरेका थिए। त्यतिबेला उनी भर्खर २२ वर्षका थिए। त्यसपछि निरन्तर पाँच दशक फिल्म क्षेत्रमा सक्रिय रहे। यस अवधिमा दर्जनौं फिल्ममा काम गरे। कोहिनूर, मुगल-ए-आजम, शक्ति, नयाँ दौर, राम ओर श्याममा उनले निर्वाह गरेको भूमिका चर्चित छन्।

सन् १९९८ मा बनेको फिल्म ‘किला’ उनको अन्तिम फिल्म बन्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell