PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

महिला फुटबल टोलीका ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, एसिया कप छनोटको तयारी



पहिलोपोस्ट

महिला फुटबल टोलीका ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो, एसिया कप छनोटको तयारी

काठमाडौं: राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। एसियन कप क्वालिफायर्सको छनोटका लागि जुलाई १८ बाट प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। र, क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स र हङकङसँग घरेलु मैदानमा खेल्ने भएको छ। भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि हिजो २८ टिमलाई चार टिम रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको छ।

नेपाल समूह 'एफ' को आयोजकको रुपमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। महिलातर्फ नेपालको फिफा वरीयता १०१ रहेको छ भने फिलिपिन्स ६८ औं स्थानमा र हङकङ ७६ औं स्थानमा छन्। क्वालिफायर्सका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछन्।

यी हुन प्रशिक्षणमा बोलाइएका ४५ खेलाडी

अञ्जना राना मगर, एन्जिला तोम्बाफो, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रीति राई, निशा थोकर, शृजना चेम्जोङ, हिराकुमारी भुजेल, रबिना गोले, शुस्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, बिमला विके, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, बिमला चौधरी, अमृता जैशी, घिम कुमारी घिसिङ,शृजना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, शिवानी कुश्वार, सरस्वती हमाल, अमिशा कार्की, कुशम खतिवडा, शृजना सिंह, सविता राना, रजनी थोकर, सलोनी राना मगर, छुमलुङमा राई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell