PahiloPost

Jun 15, 2026 | १ असार २०८३

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको अभियोगमा एक युवक पक्राउ



पहिलोपोस्ट

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी गरेको अभियोगमा एक युवक पक्राउ

पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले युरोकप र कोपा अमेरिका खेलमा सट्टेबाजी गरेको अभियोगमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ।

लेकसाइडको एक होटलमा बसेर भाइबर र ह्वाट्सएपमार्फत सट्टेबाजी गराएको अभियोगमा पोखरा महानगरपालिका -२७ का  सुलभ सुवेदीलाई कास्की प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

जारी प्रतियोगितामा सट्टेबाजी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा कास्कीबाट खटिएको प्रहरी टोलीले सुवेदीलाई पक्राउ गरेको हो। हमालका अनुसार सट्टेबाजीमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।

सुवेदीमाथि अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell