PahiloPost

Jun 15, 2026 | १ असार २०८३

जनमोर्चा गण्डकीका पदमुक्त सांसद कृष्ण थापाको रिटमा सुनुवाई जारी



पहिलोपोस्ट

जनमोर्चा गण्डकीका पदमुक्त सांसद कृष्ण थापाको रिटमा सुनुवाई जारी

काठमाडौं : राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको रिटमा सर्वोच्च अदालतमा सुनवाई भइरहेको छ।

न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। आफूलाई दोस्रो पटक पनि पदमुक्त गरेपछि थापा पुन: अदालत पुगेका हुन्।

थापाले आफूलाई प्रक्रिया मिचेर बेइमानीपूर्वक पदमुक्त गरेको बताउँदै आएका छन्। थापाले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएका छन्।

यसअघि कांग्रेसका कृष्णचन्द्र नेपालीलाई सहयोग नगरेको भन्दै जनमोर्चाले गरेको कारवाही सर्वोच्चले अन्तरिम आदेशबाट रोक लगाएर पछि आदेश खारेज गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell