PahiloPost

Jun 15, 2026 | १ असार २०८३

हेटौंडाबाट बारा लग्दै गरेको ५७ किलो गाँजासहित दुई जना पक्राउ



पहिलोपोस्ट

हेटौंडाबाट बारा लग्दै गरेको ५७ किलो गाँजासहित दुई जना पक्राउ

वीरगंज : मकवानपुर प्रहरीले ५७ किलो ९ सय ग्राम लागुऔषध गाँजा ओसारपसार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पिकअप जीप चालक चितवन, राप्ती नपा–६ बस्ने वर्ष २६ का संजय चौधरी र सोही गाडीमा सवार चितवनकै ४८ वर्षिय लालजी साह रहेका छन्।

बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालय रातोमाटेको टोलीले हेटौंडा उपमहानगरपालिका १५ पिपल चौतारा नजिकै चितवनबाट बारातर्फ जाँदै गरेको ना.४ च १५०१५ नम्वरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो।

गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाएर ल्याएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell