PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै  आयल निगमको कार्यालय बाहिर प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आयल निगमको कार्यालय बाहिर प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ। बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो।

पछिल्लो समय निषेधाज्ञाबिच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ। निषेधाज्ञाको समयमा जीविकोपार्जन ठप्प रहेको बेला मूल्यवृद्धि दैनिक काममा जानुपर्ने मानिसलाई बोझ थपिएको भन्दै विरोध हुँदै आएको छ।

असार २२ गते निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell