PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

संयुक्त विद्यार्थी संगठनको सिट्ठी जुलुस : ‘महँगी, भ्रष्टाचार, कुशासन, बन्द गर, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर’

संयुक्त विद्यार्थी संगठनको सिट्ठी जुलुस : ‘महँगी, भ्रष्टाचार, कुशासन, बन्द गर, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज सिट्ठी जुलुस निकालेको छ। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले माइतीघरमा सिट्ठी जुलुस निकालेको छ।

प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले लगाएका छन्। संगठनले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

त्यस्तै, वर्तमान सरकारले महँगी बढाएको, जनताको न्युनतम आधारभूत आवश्यकता पूरा गर्न नसकेको उनीहरुको आरोप छ।

उनीहरुले ‘महँगी, भ्रष्टाचार, कुशासन, बन्द गर, पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर’ भन्दै सरकारविरुद्ध नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell