PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दुई वर्षे करारमा रामोस पीएसजीमा



पहिलोपोस्ट

दुई वर्षे करारमा रामोस पीएसजीमा
File Photo: Getty Images

स्पेनिस खेलाडी सर्जियो रामोस दुई वर्षे करारमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका छन्। १६ वर्ष स्पेनिस क्लब रियल मड्रिडमा बिताएका रामोसको जुन महिनामा मड्रिडसँग करार सकिएको थियो।

'पीएसजीमा अनुबन्धित हुन पाउँदा अत्यन्तै खुशी छु,' रामोसले भनेका छन्, 'यो मेरो जीवनको राम्रो मौका हो। एउटा नयाँ चुनौती र दिन जसलाई म कहिल्यै बिर्सने छैन।'

यो समरमा पीएसजीको यो तेस्रो अनुबन्धन हो। यसअघि मोरोक्कोका डिफेन्डर एचरफ हाकिमी र जर्जिनियो विनाल्डमलाई पीएसजीले अनुबन्धन गरिसकेको छ।

१६ वर्ष रियल मड्रिडमा बिताएका रामोसले त्यहाँ रहँदा चारपटक च्याम्पियन्स लिगको ट्रफी, चार क्लब वर्ल्डकप ट्रफी, तीन युरोपियन सुपर कप, पाँच ला लिगा र कोपा डेल रे र चार सुपरकोपाको उपाधि दिलाएका थिए।

उनले १६ सिजनमा ६७१ खेल खेल्दै १०१ गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell