PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

विष्णु पौडेल अनुपस्थित रहेपछि विषय प्रवेश नै नभइ टुंगियो एमाले कार्यदलको वार्ता, १० दिनदेखि प्रगति नै नभएको दाबी



पहिलोपोस्ट

विष्णु पौडेल अनुपस्थित रहेपछि विषय प्रवेश नै नभइ टुंगियो एमाले कार्यदलको वार्ता, १० दिनदेखि प्रगति नै नभएको दाबी

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ। बिहीबार साँझ बस्ने बैठकबाट सहमतिको घोषणा गर्ने बताइए पनि वार्ता निष्कर्षविहीन भएको हो। 

अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट संयोजक रहेका नेता सुवास नेम्वाङले ठोस् निष्कर्ष बिना बैठक सकिएको बताए। 'टुंगोमा पुगिसकेको छैन्, तर कुराहरु सकारात्मक भएका छन्। म आशावादी छु,' नेम्वाङले भने।

नेपाल समूहका तर्फबाट कार्यदल सदस्य रहेका नेता घनश्याम भुसालले पछिल्लो वार्तामा प्रगति नभएको दाबी गरे।

'आजको वार्ता अगाडि बढेन। १० दिन अगाडिदेखि हामीले खास प्रगति गरेका छैनौँ। अनौपचारिक रुपमा धेरै लामो छलफल गरेका थियौँ। गएका १० दिनदेखि मूर्तरुपमा केही गर्न सकेका छैनौँ,' उनले भने।

ओली समूहका नेता विष्णु पौडेल आजको वार्तामा अनुपस्थित रहेका थिए। पौडेल अनुपस्थित रहेपछि बैठकमा विवादका एजेण्डामाथि छलफल नै नभएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

बिहीबार दिउँसो बसेको कार्यदलको बैठकले वार्तालाई टुंगोमा पुर्‍याउने भन्दै साँझ ७ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो। उक्त बैठकपछि एमालेका दुबै समूह आन्तरिक गृहकार्यमा जुटेका थिए।

बुधबार ओली-नेपालबीच भेट भए पनि सहमति हुन सकेको थिएन। संवाद सकारात्मक रहेकाले मिल्न बाँकी विषयलाई कार्यदलमार्फत अघि बढाउने भन्दै आज पनि दुई पटक बैठक बसेको थियो। यसअघि सोमबार, मंगलबार र बुधबार पनि बैठक बसेको थियो। लगातार ४ दिनसम्म कार्यदलको बैठक बसे पनि विवादमा ठोस् सहमति भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell