PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अभिनेत्री जेनी कुँवर मृत अवस्थामा फेला



पहिलोपोस्ट

अभिनेत्री जेनी कुँवर मृत अवस्थामा फेला

काठमाडौंः अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छिन्। थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बस्दै आएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। 

महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामा घटानाको पुष्टि गरे। बस्नेतका अनुसार कुँवरको सुसाइड नोट समेत फेला परेका छ। 

झुण्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक भनाई छ। कुँवर नेपाली चलचित्रको अभियनसँगै निर्माणमा पनि संलग्न थिइन्। 

साँझ ८ बजेतिर भान्छा कोठाबाहिर किला ठोकेर नाइलन डोरीमा झुन्डिएको अवस्थामा फेला पारिएको हो। उनी अपार्टमेन्टको तेस्रो तल्लामा श्रीमानसँग बस्दै आएकी थिइन। श्रीमान् बाहिर गएको बेला झुन्डिएको देखिएको प्रहरीले जनाएको छ। 

कुँवरले ‘जिन्दगानी’ फिल्मबाट डेब्यू गरेकी थिइन् । उनले मैदान, जीननदाता, कानुन, अभिमन्यूलगायत थुप्रै फिल्ममा समेत अभिनय गरेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell