PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कोपा अमेरिकाको फाइनल खेलाउने रेफ्रीमाथि अविश्वास, 'मेस्सीले ब्राजिललाई हराउनु पर्छ, कन्मेबोल खतरनाक छन्'



पहिलोपोस्ट

कोपा अमेरिकाको फाइनल खेलाउने रेफ्रीमाथि अविश्वास, 'मेस्सीले ब्राजिललाई हराउनु पर्छ, कन्मेबोल खतरनाक छन्'

आइतवार बिहान कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र आयोजक ब्राजिल आमनेसामने हुँदैछन्। फाइनल खेल नजिकिँदै गर्दा पाराग्वेका लेजेण्ड खेलाडी जोस लुइस छिलाभर्टले दक्षिण अमेरिकी फुटबल फेडेरेसनमाथि आक्रामक रुपमा प्रस्तुत हुँदै कोपा अमेरिकाको फाइनलका रेफ्री इस्टेबन ओस्टोजिचले ब्राजिलको पक्षमा निर्णयहरु गर्न सक्ने आरोप लगाएका छन्।

चिलाभर्टले रेफ्रो ओस्टोजिचको निर्णहरुबारे विचार राख्दै मेस्सीले ब्राजिल र कन्मेबोलसँग फाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्।

'मेस्सीको टिमले ब्राजिलियन टिम, नेइमार, भीएआर र रेफ्रीलाई हराउनका लागि तयार हुनुपर्छ,' चिलाभर्टले रेडियो कन्टिनेन्टलसँगको कुराकानीमा भनेका छन्,'कन्मेबोल खतरनाक छ। उनीहरुले पाराग्वे र पेरुविरुद्धको खेलको विवादास्पद निर्णयपछि पनि ओस्टोजिचलाई फाइनल खेलका लागि छानेका छन्। उनी खतरनाक छन्। उनले अन्यायपूर्ण तरिकाले गोमेज (पाराग्वेका कप्तान) र आन्द्रे क्यारिल्लो (पेरुका खेलाडी)लाई बाहिर पठाए।'

उनले मेस्सीले ब्राजिलविरुद्ध तीन या चार गोल गरेको हेर्न चाहेको बताएका छन्।

'म चाहन्छु मेस्सीले तीन चार अवसर यस्तो पाउन् जसमा उनले गोल गर्न सकुन्,' उनले भनेका छन्, 'यदि खेलको क्रममा केही अन्योल उत्पन्न भए निर्णय आयोजककै पक्षमा जानेछ। त्यसैले मेस्सी र उनको टिमले आफ्नो हजार प्रतिशत दिनुपर्नेछ।'

कोपा अमेरिकाको फाइनलमा आइतवार बिहान आयोजक ब्राजिल र अर्जेन्टिना भिड्दैछन्।

अर्जेन्टिनाको फाइनल यात्रा

समूह चरण

अर्जेन्टिना भर्सेस चिली: १-१ (बराबरी)

अर्जेन्टिना भर्सेस उरुग्वे: १-० (जित)

अर्जेन्टिना भर्सेस पाराग्वे: १-० (जित)

अर्जेन्टिना भर्सेस बोलिभिया: ४-१ (जित)

क्वाटरफाइनल

अर्जेन्टिना भर्सेस इक्वेडर: ३-० (जित)

सेमिफाइनल

अर्जेन्टिना भर्सेस कोलम्बिया १-१ (३-२) (जित)

फाइनल

अर्जेन्टिना भर्सेस ब्राजिल

ब्राजिलको फाइनल यात्रा

समूह चरण

ब्राजिल भर्सेस भेनेजुएल : ३-० (जित)

ब्राजिल भर्सेस पेरु : ४-० (जित)

ब्राजिल भर्सेस कोलम्बिया : २-१ (जित)

ब्राजिल भर्सेस इक्वेडर: १-१ (बराबरी)

क्वाटरफाइनल

ब्राजिल भर्सेस चिली : १-० (जित)

सेमिफाइनल

ब्राजिल भर्सेस पेरु : १-० (जित)

फाइनल

ब्राजिल भर्सेस अर्जेन्टिना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell