PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

४३ लाखको स्याउ, केराउसहित तीन वटा गाडी प्रहरी नियन्त्रणमा, पठाइयो वीरगंज भन्सार



राधेश्याम पटेल

४३ लाखको स्याउ, केराउसहित तीन वटा गाडी प्रहरी नियन्त्रणमा, पठाइयो वीरगंज भन्सार

वीरगंज : पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याएको समानसहित एक ट्रक नियन्त्रणमा लिएको छ भने नेपालबाट तस्करी गरी भारततर्फ लगिरहेको केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालय, जनकपुरको सूचनाको अधारमा प्रहरीले ना. १ त. ७०४५ र ना.४ त.८५६२ नं. को ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरीले जनायो। वीरगंज–१९ मा वीरगंजबाट बहुअरी गाउँतर्फ जाँदै गरेका २४ हजार किलो स्याउ र ६ हजार किलो केराउ लोड गरिएको दुइवटै ट्रयाक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी गराए।

मंगलबार राति लगभग १२ बजेको समयमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा ती ट्रयाक्टरका चालकहरु फरार भएका थिए। जफत गरिएको सामानको कुनै बिलबिजक नरहेको र उक्त मालसामान भारततर्फ अवैध रूपमा निकासी गरी लाँदै गरेको भन्ने खुल्न आएको छ। नियन्त्रणमा लिइएको स्याउ, केराउ र सवारीसाधनको २२ लाख ६० हजार रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको छ।
 

त्यसैगरी, वीरगंज ८ घण्टाघरमा खुद्रा सामान बोकी वीरगंजबाट नारायणगढतर्फ जाँदै गरेको जय बजरङ्ग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नम्बर को ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले भन्सार छलेर करिब २० लाखको समान लगिरहेको अवस्थामा चेकजाँच गर्दा मालसमानको बिलबिजक नरहेकोले सोमबार राती लगभग १० बजेको समयमा नियन्त्रणमा लिइएको जनाइएको छ। ट्रक रोकी जाँच गर्ने क्रममा चालक तत्काल फरार भएकोले जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। नियन्त्रणमा लिइएको समानलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता खनालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell