PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पुण्यमाता खोलामा पानीको बहाब बढ्दा डुब्यो बनेपाको पुलबजार, करिडोर नबन्दा राजमार्ग जलमग्न

पुण्यमाता खोलामा पानीको बहाब बढ्दा डुब्यो बनेपाको पुलबजार, करिडोर नबन्दा राजमार्ग जलमग्न

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शुक्रबार बिहान बनेपाको पुलबजार क्षेत्र डुबानमा पर्‍यो। पुण्यमाता खोलामा बाढी आउँदा राजमार्गमा गाडी डुबाउने गरि सडकमा भेल बग्यो। खोलामा बाढी आउँदा पुल बजार र राजमार्गमा रहेका घरहरुमा पनि पानी पस्यो। जसकारण बिहानै देखि स्थानीयको जनजीवन प्रभावित बन्यो। पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन संचालनमा पनि अवरोध पुग्यो।

हाल भने पानीको बहाव घटेको छ र सडक खुलेको छ। तर, स्थानीय भने फेरि धेरै वर्षा भए बजार फेरि डुब्ने चिन्तामा छन्। सडकको 'लेभल' कम भएका कारण हेरक वर्ष समस्या भोग्नु परेको उनीहरु बताउँछन्।

स्थानीय सरकाले भने बाढी नियन्त्रणका लागि पुण्यमाता करिडोरको योजना बनाएको छ। तर त्यो सम्पन्न हुन नसक्दा हरेक वर्ष बजार डुबानमा पर्दै आएको छ।

बनेपा नगरपालिका वडा १० का अध्यक्ष चन्द्र बहादुर खड्का सडक होचो भएको र पुरानो पुल सानो भएकोले हरेक वर्ष यस्तो समस्या आएको बताउँछन्। साथै, पुण्यमाता करिडोरको काम रोकिँदा पनि समस्या समाधान नगर्न नसकिएको उनले बताए।

'सडक होचो छ। पुरानो पुल छ। खोलामा माटो थुपार्ने काम हुन्छ। अनि पानी माथि आउँछ' उनले भने,'पुण्यमाता कोरिडरको काम सम्पन्न भए यो सम्या हट्छ। तर सर्वोच्चमा कोरिडरविरुद्ध मुद्दा परेकोले काम रोकिएको छ।'

स्थानीयले कोरियडरको मापदण्ड लगायतका विषयमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा मुद्दा हालेका थिए।

बनेपाको पुल बजारमा सडकको 'लेभल' माथि नबढाएसम्म र खोलाको मापदण्डलाई पालना गर्दै करिडोरको काम सम्पन्न भए बजार डुबानमा नपर्ने सरोकारवाला बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell