PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

विवाद मिलाउन कार्यदलका नेता दिनदिनै सिंहदरबारमा, अझै बनेन विश्वासको वातावरण



पहिलोपोस्ट

विवाद मिलाउन कार्यदलका नेता दिनदिनै सिंहदरबारमा, अझै बनेन विश्वासको वातावरण

काठमाडौं : नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ। विवाद समाधानका लागि गठित कार्यदलको शुक्रवारको बैठक सिंहदरबारमा बसिरहेको हो।

जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिमा कार्यदल गठन भएको थियो। जेठ ७ गते बसेको बैठक डेढ महिना निष्क्रिय भए पनि गत सोमवार फेरि बसेको थियो। सोमवार यता लगातार बसे पनि ठोस प्रगति नभएको नेपाल समूहका नेता तथा कार्यदल सदस्य घनश्याम भुसालले बताएका थिए। यस्तै,ओली समूहका तर्फबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्बाङले सहमति भइ नसकेकाले शुक्रवारको बैठकमा पनि सहमतिका लागि गृहकार्य हुने बताएका थिए।

ओली-नेपालको मेरियट होटलको वार्तापछि विवाद समाधान उन्मुख भएको बताइए पनि टुंगो लाग्न भने सकेको छैन्।

एमालेको २०७५ जेठ २ गतेको एमालेको केन्द्रीय कमिटीलाई सक्रिय बनाउनुपर्ने, प्रतिनिधिसभा विघटनको खारेज लगायतका माग राखेर नेपाल समूह असन्तुष्ट छ। ओली पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेपाल समूहका २३ जना सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका छन्।

यी शर्तहरूमाथि छलफल पछि सहमति नजिक पुगे पनि मस्यौदाले अन्तिम रुप नपाएपछि फेरि एमालेमा अविश्वास बढेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell