PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बंगलादेशको खाद्य उद्योगमा लागेको आगोले लियो कम्तिमा ५२ जनाको ज्यान



पहिलोपोस्ट

बंगलादेशको खाद्य उद्योगमा लागेको आगोले लियो कम्तिमा ५२ जनाको ज्यान
फोटो : Reuters

बंगलादेशको एउटा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तिमा ५२ जना मानिसले ज्यान गुमाएका छन्। आगोको ज्वालाबाट बच्न कैयौंले माथिल्लो तलाबाट हाम फालेका थिए। 

प्रहरीलाई उद्धृत गर्दै एएपीले जनाएअनुसार ढाकाबाट २५ किलोमिटर दुरीमा रहेको रुपगञ्जमा यस्तो दुर्घटना भएको हो। औद्योगिक क्षेत्रमा रहेको उक्त कारखानामा लागेको आगो अझै निभिसकेको छैन। 

हसेम फुड एन्ड विभरेजको कारखानमा हिजो साँझ स्थानीय समयअनुसार ५ बजेदेखि आगो लाग्न सुरु भएको हो। 
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell