PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा : इरान, ताजकिस्तान र लेबनानसँग भिड्ने



पहिलोपोस्ट

यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा : इरान, ताजकिस्तान र लेबनानसँग भिड्ने
फाइल फोटो

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूहको खेल अक्टोबर २३ देखि ३१ सम्म ताजिकिस्तानमा हुने एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले जनाएको छ।

क्वालिफायर्सका लागि ४२ वटा टिमलाई ११ वटा समूहमा विभाजन गरिएको छ। जसमा 'वेस्ट' बाट २३ टिमहरुलाई ६ वटा समूहमा बाँडिएको छ। जसमा ए देखि इ सम्म हरेक समूहमा चार टिम र एफ मा ३ टिम रहेको छ। त्यस्तै इस्ट तर्फबाट पाँचवटा समूह रहेको छ जसमा चारवटा समूहमा समान ४ टिम र एउटा समूहमा तीनवटा टिम रहेको छ।

यसमध्येबाट समूहको शीर्षस्थानमा रहेका सबै टिम र दोस्रो स्थानमा रहेकामध्येबाट उत्कृष्ट चारले फाइनलमा स्थान सुरक्षित गर्नेछन्।

नेपालको खेल कहिले?

नेपालले २७ अक्टोबरमा इरानसँग खेल्नेछ भने २९ अक्टोबरमा ताजकिस्तान र ३१ अक्टोबरमा लेबनानसँग खेल्नेछ।

पछिल्लो फिफा वरीयता अनुसार एसियामा जापान पछि सबैभन्दा माथिल्लो वरीयतामा रहेको इरान ३१ औं स्थानमा छ भने लेबनन फिफा वरीयतामा ९३ औं स्थानमा छ। त्यस्तै आयोजक ताजकिस्तान १२१ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell