PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोपा अमेरिका: पेरुलाई हराउँदै कोलम्बिया तेस्रो



पहिलोपोस्ट

कोपा अमेरिका: पेरुलाई हराउँदै कोलम्बिया तेस्रो
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धा कोलम्बियाले पेरुमाथि जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न खेलमा पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो।

खेलको ४५ औं मिनेटमा योसिमर योटूनको गोलमा पेरुले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै लुइस डियाजले ६६ औं मिनेटमा गोल थप्दै खेलमा अग्रता पनि दिलाए। उता पेरुका लागि जिआनलुका लपाडुलाले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलको निर्णयात्मक गोल भने लुइस डियाजले इन्ज्युरी समयमा गरेका थिए। र, कोलम्बिया जारी सिजनको कोपा अमेरिका तेस्रो बन्न पुग्यो।

समूह 'बी' बाट आएका कोलम्बिया र पेरु सेमिफाइनलमा क्रमश अर्जेन्टिना र ब्राजिलसँग पराजित भएका थिए। फाइनल खेलमा भोलि बिहान अर्जेन्टिना र ब्राजिल प्रतिस्पर्धामा उत्रनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell