PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ



पहिलोपोस्ट

दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ

काठमाडौंः  हत्याको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ५ पृथ्वी चोक बस्ने ३१ वर्षीय साजन सिंहलाई नियन्त्रणमा लिएको हो।

सिंहले असार २५ गते राती आफ्नै दाई लाई धारिलो हत्या प्रहार गरी हत्या गरेको खुलेको छ। सामान्य विवाद हुँदा सिंहले ४२ वर्षीय दाजु भोला सिंहलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइते भएका सिंहको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको थियो। मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका कर्मचारी हुन्।

अभियुक्त सिंह विरुद्ध कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell