PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

फाइनल वार्ताका लागि एमाले कार्यदलका नेता सिंहदरवारमा



पहिलोपोस्ट

फाइनल वार्ताका लागि एमाले कार्यदलका नेता सिंहदरवारमा

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलका नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ। शुक्रवार भएको सहमतिको मस्यौदालाई अन्तिम रुप दिन उनीहरु वार्तामा जुटेका हुन्।

शुक्रवारको ७ घण्टा लामो कार्यदलको बैठकबाट सहमतिको मस्यौदा बनेको र उक्त मस्यौदालाई केही परिमार्जन गरेर शनिवार टुंग्याइने नेताहरुले बताएका थिए। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल समूहबीच सहमतिका लागि गत सोमवारयता लगातार वार्ता भइरहेको छ।

हिजोको वार्तापछि ओली-नेपालको सुझावलाई पनि समेटेर कार्यदलले अन्तिम सहमतिको खाका सार्वजनिक गर्ने एमालेका प्रवक्ता तथा वार्ता टोलीका सदस्य प्रदीप ज्ञवालीले बताएका थिए।

एमालेमा असन्तुष्ट रहँदै आएको नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेपछि एमालेको विवाद झनै बल्झिएको थियो। उक्त हस्ताक्षर र ओलीले गरेको प्रतिनिधिसभा विघटन दुबै फिर्ता हुनुपर्ने एमालेको ओली-नेपाल समूहले एक अर्कालाई शर्त राख्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell