PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रचण्डसँगको भेटबारे माधव नेपालको स्पष्टीकरण : स्वास्थ्यबारे जानकारी लिने बाहेक अरु कुरा भएन



पहिलोपोस्ट

प्रचण्डसँगको भेटबारे माधव नेपालको स्पष्टीकरण : स्वास्थ्यबारे जानकारी लिने बाहेक अरु कुरा भएन
फाइल फोटो।

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले जनै खटिरा आएका कारण केही दिनदेखि घरमा आराम गरिरहेको बताएका छन्। उनको सचिवालयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शनिवारको भेटबारे प्रष्ट पार्दै नेपाललाई जनै खटिरा आएको उल्लेख गरेको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमले प्रचण्डले स्वास्थ्य अवस्थाको जानकारी लिने बाहेकको कुराकानी नभएको बताएका छन्।

‘आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु,’ गौतमले उल्लेख गरेका छन्।

नेकपा (एमाले)को विवाद समाधानका लागि शनिवार निष्कर्षमा पुग्न लागेको बताइएका बेला प्रचण्ड-नेपालबीच भेट भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell