PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी



पहिलोपोस्ट

शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी

काठमाडौं : नेकपा (एमाले)को शनिवारको वार्ता पनि सहमतिमा पुग्न सकेन। आजको कार्यदलको वार्तापछि एमालेको एकता टुंग्याइने नेताहरुले शुक्रवारको बैठकपछि दाबी गरेका थिए। तर, आजको वार्ता पनि निष्कर्षमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकरी दिए।

‘औपचारिक र अनौपचारिक रुपले हामी लागिरहेका छौँ। एकताका समस्या के थिए भन्ने सन्दर्भमा हामीले गम्भिरताका साथ एकले अर्कालाई बुझ्दै अन्तिम अवस्थामा आएका छौँ। छलफलका धेरै विषय छैन,’ उनले भने।

बिष्टले एकता अन्तिम अवस्थामा पुगेको र भोलिसम्म सहमति हुने बताए।

‘समाधान खोज्ने विन्दुमा आएका छौँ। आजै सुखद समाचार घोषणा गर्न सकेका छैनौँ,’ उनले भने।

भोलिको बैठकले एमाले सहमति भएको समाचार दिने बिष्टको दाबी छ।

‘भोलिको दिन आम पार्टीको एकताको सन्देश सुन्न सफल हुनेछौँ। त्यसका लागि अन्तिम सम्म पुगेका छौँ। लगभग-लगभग निष्कर्षमा पुग्यौं,’ बिष्टले भने।

पार्टीमा देखिएको असहज वातावरण मिलाउनका लागि समय लागेको उनको भनाइ थियो। सोमवारदेखि लगातार ६ दिन वार्ता भए पनि एमालेको विवाद मिलेको छैन। सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा विघटनको फैसला सुनाउने बताइएको छ। त्यसअघि नै एमालेको एकता वार्ता टुंग्याउन पहल भइरहेको नेताहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell