PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

इंग्ल्याण्डको साथमा पूरा स्टेडियम हुँदा इटालीले मेटाउन सक्ला रसिया जान नपाएको चोट?



पहिलोपोस्ट

इंग्ल्याण्डको साथमा पूरा स्टेडियम हुँदा इटालीले मेटाउन सक्ला रसिया जान नपाएको चोट?

युईएफए युरो कपको फाइनल खेलमा आज राति इंग्ल्याण्ड र इटली प्रतिस्पर्धा गर्दैछन्। लण्डनस्थित वेम्बली स्टेडियममा राति पौने १ बजे हुने खेलमा ५५ वर्षपछि मुख्य प्रतियोगिता (विश्वकप/युरो कप) को फाइनलमा पुगेको इंग्ल्याण्ड उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रिँदैछन्। यस्तै, सानदार फर्ममा रहेको इटलीको दोस्रो पटक युरो कप च्याम्पियन बन्ने लक्ष्य रहेको छ।

कोभिड १९ संक्रमणको चनुौतिबिच भइरहेको प्रतियोगिताको फाइनल खेलमा ६० हजार दर्शकहरुको उपस्थिति रहनेछ।

सन् १९६६ को विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता पाँच वटा मुख्य प्रतियोगितामा सेमिफाइनबाटै बाहिरिएको थियो। अर्कोतर्फ सन् १९६८ को युरो कप जितेको इटलीले सन् २००० र २०१२ को युरोकपको फाइनलको यात्रा तय गरेर पनि उपाधि जित्न असफल भयो। 

रसिया विश्पकपमा इटाली क्वालिफाइ नै हुन सकेन। जसको चोट इटालीले बिर्सिएको छैन। युरो २०२० को उपाधि उचालेर सन् २०१८ मा रसिया जान नपाएको चोटलाई मेटाउन इटालीका खेलाडीहरुले आज  वेम्बली स्टेडियममा 'हन्ड्रेड पर्सेन्ट' दिने तयारी गरिरहेका छन्।

इटाली फुटबलमा जमेको टिम हो। विश्वकपतर्फ भने इटाली चार पटक च्याम्पियन बनिसकेको छ। तर उपाधिको लामो खडेरीलाई तोड्न उसलाई जसरी भएपनि युरो जित्नुपर्ने दबाब छ।

'धेरै वर्षयता हामीले यो दिशामा काम गरिरहेका छौं। र, यसमा म खेलाडीहरुलाई धन्यवाद दिन चाहन्छु जे उनीहरुले गरिरहेका छन्, त्यसका लागि। हामीले आफ्नो सफलता मापन गर्न आइतवार जित्नु पर्ने हुन्छ।' इटलीका प्रशिक्षक रोबेर्टो मान्चिनीले भनेका छन्, 'इंग्ल्याण्डको पछाडी पुरा स्टेडियम हुनेछ। यस्तोमा हामीले उनीहरुमाथि दबाब बनाउनु पर्ने हुन्छ।'

त्यस्तै इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफ्नो टिममाथि पूरा विश्वास भएको बताएका छन्।

'हामीलाई आफ्नो टिममाथि ठूलो विश्वास छ,' उनले भनेका छन्, 'हामी हाम्रो अघि आउने समस्याहरुलाई तोडिरहेका छौं। हामीले यो प्रतियोगिता जित्नका लागि सुरु गरेका थियौं र यसमा हामीलाई मौका मिलेको छ।'

यसअघिका २७ खेलहरुमा इटालीले इंग्ल्याण्डविरुद्ध ११ जित निकालेको छ। त्यस्तै इंग्ल्याण्डले ८ खेलमा जित निकाल्दै ८ खेल बराबरीमा रोकिएका छन्।

पछिल्लो पटक इंग्ल्याण्ड र इटाली २०१८ को प्रि वर्ल्डकप फ्रेन्डलीमा वेम्बली स्टेडियममै भिडेका थिए। लगातार ३३ खेलमा अपराजित रहँदै इटालीले विश्वकपमा क्वालिफाइ हुन नसकेको दाग मेटाउन प्रयास गरिरहेको छ। सबैभन्दा लामो अपराजित यात्रामा ब्राजिल र स्पेनसँगको कीर्तिमान (३५ खेल) बराबरी गर्न चाहन्छ।

इटली र इङ्ग्ल्याण्डबीचका पछिल्ला पाँच खेल

२०१८ मैत्रीपूर्ण खेल: १-१

२०१५ मैत्रीपूर्ण खेल: १-१

२०१४ विश्वकप इङ्ग्ल्याण्ड १-२ इटली

२०१२ मैत्रीपुर्ण खेल इङ्ग्ल्याण्ड २-१ इटली

२०१२ युरो कप ०-० (पेनाल्टीमा इटली ४-२ ले विजयी)

इङ्ग्ल्याण्डको फाइनल यात्रा

समूह चरण

इङ्ग्ल्याण्ड भर्सेस क्रोएसिया : १-० गोल

इङ्ग्ल्याण्ड भर्सेस स्कटल्याण्ड : ०-० गोल

इङ्ग्ल्याण्ड भर्सेस चेक रिपब्लिक: १-० गोल

अन्तिम १६

इङ्ग्ल्याण्ड भर्सेस जर्मनी : २-० गोल

क्वाटरफाइनल

इङ्ग्ल्याण्ड भर्सेस युक्रेन : ४-० गोल

सेमिफाइनल

इङ्ग्ल्याण्ड भर्सेस डेनमार्क: २-१ गोल

फाइनल

इङ्ग्ल्याण्ड भर्सेस इटली

इटलीको फाइनल यात्रा

समूह चरण

इटली भर्सेस टर्की: ३-० गोल

इटली भर्सेस स्वीजरल्याण्ड : ३-० गोल

इटली भर्सेस वेल्स : १-० गोल

अन्तिम १६

इटली भर्सेस अस्ट्रिया: २-१ गोल

क्वाटरफाइनल

इटली भर्सेस बेल्जियम : २-१ गोल

सेमिफाइनल

इटली भर्सेस स्पेन १-१ (४-२) गोल

फाइनल

इटली भर्सेस इङ्ग्ल्याण्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell